मेनुका र राजनराजको स्वरमा ‘बादलुमाथि’

काठमाडाैं । भारतीय रियालिटी शो इण्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहनुभएकी गायिका मेनुका पौडेल र राजनराज शिवाकोटीको स्वरमा रहेको गीत ‘बादलुमाथि’ सार्वजनिक भएको छ । शिवाकोटीकै शब्द एवं संगीत रहेकोे गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो ।

शिवाकोटीकै शब्द एवं संगीत रहेको गीतको भिडियोमा नकुल खड्कको सम्पादन छ । गीतका निर्माता गगनलाल प्रधान हुनुहुन्छ । मेनुकाको इन्डियन आइडलमा मिलिरहेको सफलता र चर्चाकै बीचमा बजारमा आएको नेपाली गीतलाई थप चासोका साथ हेरिएको छ ।

मेनुका इण्डियन आइडलमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै अगाडि बढिरहनुभएको छ । आइतबारराति प्रशारित शोजबाट मेनुका टप ११ मा प्रवेश गर्नुभएको हो । यद्यपि, उहाँ ‘बटम फोर’मा पर्नुभएको थियो ।

मेनुकाले आइतबार राति प्रशारित शोजमा गीत गाउँदा शब्द बिर्सिनुभएको थियो । शब्द बिर्सिएपछि मुटुको चाल (हर्ट बिट) बढेको भन्दै चिकित्सकले उहाँको प्रेसर र हर्ट विट नापेका थिए । त्यसपछि उहाँले पुनः गीत गाउनुभएको थियो ।

विशेष अतिथिका रूपमा शोजमा बलिउड अभिनेता सञ्जय दत्त पुग्नुभएको थियो । शब्द बिर्सिएपछि निर्णायकसँगै सञ्जय पनि मेनुकालाई सान्तवना दिन स्टेज पुग्नुभएको थियो । मेनुकाको गायिकीको सवत्र प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा शोज छोडेर फर्किने निर्णय हुनेगरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after