आइएसएमएटी कलेजले सम्पन्न गर्‍यो ‘जब फेयर’

काठमाडौं । आइएसएमएटी कलेजमा जब फेयर (रोजगार मेला) सम्पन्न भएको छ। बुधबार सम्पन्न उक्त मेलामा २१ कम्पनीहरूले आफ्नो स्टल राखेका थिए।

उक्त मेलामा आफ्नो अध्ययन सकाएका र अध्ययन गरिरहेका २२५ जना विद्यार्थी सहभागी थिए। विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस कलेजले वर्षमा कम्तीमा २ वटा यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ।

यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो करियर सुरू गर्न कम्पनी कम्पनी धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस