‘मिनी एडटेक एआई सम्मेलन २०२४’ सम्पन्न

काठमाडाैं । ‘मिनी एडटेक एआई सम्मेलन २०२४’ सम्पन्न भएको छ। प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुल, रोबोटिक्स एसोसियन अफ नेपाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रूपमा ‘एआईसँग शिक्षाको भविष्य’ भन्ने नाराका साथ उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो।

यो मिनी एडटेक एआई सम्मेलन रोबोटिक्स एन्ड एआई सम्मेलनको पूर्व इभेन्ट रहेको प्रिमियर स्कुलले जनाएको छ। यन्त्र विज्ञान, प्रविधि र उद्यमशीलता महोत्सवको रोबोटिक्स एन्ड एआई सम्मेलन २०२४ आगामी फेब्रअरी १६ तारिखमा आयोजना हुँदैछ। मिनी एडटेक एआई सम्मेलनले ५० भन्दा बढी शिक्षाविद्, प्राविधिक र एआई अभ्यासकर्ताहरूलाई एकै ठाउँमा उभ्याउन मद्दत गरेको छ।

प्रिमियर इन्टरनेसनल स्कुलका शैक्षिक निर्देशक प्रविना थापाले कार्यक्रममा बोल्दै एआई प्रविधि विकासले कसरी सरकार र अन्य इकोसिस्टमका खेलाडीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्दै अनुकूलन सामग्री, र व्यक्तिगत सहयोग फैलाउने अनौठो अवसर प्रदान गर्छ भन्नेबारे आफ्नो धारणा व्यक्त गरिन्।

रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकासले संस्थाले सन् २०३० सम्ममा नेपालमा रोबोटिक्स उद्योग सृजना गर्ने लक्ष्य लिएको बताउँदै मिनी एडटेक एआई सम्मेलन जस्ता कार्यक्रमहरूलाई लक्ष्यसम्म पुग्न मद्दत गर्ने कोशेढुङ्गाको रूपमा लिइने बताए। मन्त्रालयका सहसचिव इन्दु बिक्रम जोशीले शैक्षिक क्षेत्रमा एआई प्रविधि विस्तारमा सरकारले पूर्ण समर्थन गर्ने बताइन्। सम्मेलनमा ‘एआईसँग शिक्षाको भविष्य’ विषयलाई केन्द्रमा राखेर प्यानल छलफल पनि भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after