कृषिमा निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ नेप्सेमा सूचीकृत

काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीको विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार सुरु भएको छ । कम्पनी मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा सक्रिय रहँदै आएको छ ।

कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ ।

स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरिसकेको छ ।

कृषि उत्पादन बृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस