कहिलेदेखि पाइँदैछ दसैँका लागि नयाँ नोट ?

काठमाडौैँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेटा, केवाईसी र किङलङ ईभीका ग्राहकहरुका लागि सर्भिस क्याम्प

काठमाडौं । नेपाली बजारमा नेटा, सीजी केवाईसी र किङलङ इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले …

प्रतिकृया दिनुहॊस