आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् ।

नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धतासहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ तीन दिने “इम्प्लोइ …

प्रतिकृया दिनुहॊस