गुरु ट्राभल्स लिमिटेड तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबिच व्यावसायिक सहकार्य सहमति

काठमाडौँ । गुरु ट्राभल्स लिमिटेड तथा नेपालको इन्स्योरेन्स क्षेत्रकै विशिष्ट र सशक्त बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबिच व्यावसायिक सहकार्य सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरूमा १० हजार रुपैयाँ सम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बाट सहजरुपमा ट्राभल बिमा प्राप्त गर्ने तथा अन्य बिमाहरूको हकमा १० प्रतिशतसम्मको स्पेसल कर्पोरेट डिस्काउन्ट प्राप्त गर्ने जनाइएको छ ।

गुरु ट्राभल्स लिमिटेडका ग्राहकहरूले एकै स्थानबाट ट्राभल बिमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो ट्राभल्स पार्टनरको रूपमा सेवा लिने सहमति भएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई …

प्रतिकृया दिनुहॊस