rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग
वि.सं. असोज ११, २०८० । ई.सं. 28 Sep, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलाथ्व । पिङ्गल दक्षिणायन शरद । बिहीबार भाद्र शुक्लपक्ष । तिथि एकादशी ०१:३१ बजेसम्म, त्यसपछी द्वादशी । नक्षत्र उत्तराषाढा ०९:१३ बजेसम्म, त्यसपछी श्रवण । योग अतिगण्ड १३:५६ बजेसम्म, त्यसपछी सुकर्मा । करण वणिज १४:४० बजेसम्म, त्यसपछी भद्रा ०१:३१ बजेसम्म, त्यसपछी वव । चन्द्रराशि मकर । आनन्दादि योग काण । दिनमान १२:२ । सूर्योदय ५:५४ । सूर्यास्त १७:५६ भद्रा १४:४० देखि १:३१ सम्म । हरिपरिवर्तिनीएकादशीव्रत । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइबाट सहयोग मिल्नेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ, तर मनमा चिन्ताले सताउने छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

काठमाडौं । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर …

प्रतिकृया दिनुहॊस