सिद्धबाबा सुरुङमार्गको डिपिआर बनाइदिन स्वीटरल्याण्ड सरकारलाई आग्रह

बुटवल । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि सरकारले स्वीटरल्याण्डलाई आग्रह गरेको छ ।

केही दिनअघि अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले डिपिआर तयार गरिदिन आग्रह गर्दै स्विस सरकारलाई पत्राचार गर्दै आग्रह गरेको हो ।

स्वीट्जरल्याण्डले नै यो सुरुङ मार्गको पूर्वसंभाव्यता अध्ययन गरेको थियो ।

वर्षायाममा पहिरोका कारण अवरुद्ध भइरहने र असुरक्षित बन्ने गरेको भन्दै सरकारले आर्थिक वर्ष २०७३र०७४ को बजेट बक्तव्यमा पहिलोपटक यो राजमार्गमा सुरुङ निर्माणका लागि बजेट नै छुट्याइएको छ ।

स्विस सरकारलाई गणेशमान सिंह मार्गको पालुङ खण्ड, काठमाडौंको कोटेश्वर, बिपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट, टोखा–छहरे र दिपायल जोड्ने बिपीनगर मार्गमा सुरुङ निर्माण गर्न विस्तृत प्रतिवेदन तयार गरिदिन आग्रह गरेको हो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस