देशभर दुई दर्जन केवलकार बन्दै

काठमाडौं । देशमा दुई दर्जन केवलकार थपिन लागेको छ । सहज यातायात संजाल विकासको रुपमा परिचित केवलकार झण्डै दुई दशकपछि देशमा दुई दर्जन केवलकार थपिन लागेको हो ।

चन्द्रागिरि केवलकार र मनकामना केवलकारले लोकप्रियता कमाएपछि अन्य धार्मिक स्थलमा पनि केवलकार निर्माण कार्य अघि बढेको हो ।

पछिल्लो समयमा दोलखा जिल्लाको कालिन्चोक मन्दिर, प्यूठानको स्वर्गद्वारी मन्दिरमा, बन्दीपुरमा केवलकार संचालनका लागि लगानी जुटाउन थालिएको छ ।

यस्तै, ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन गरिरहेको छ । मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन गरिरहेको छ । सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ ।

मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ ।

डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथिभरा दर्शनका लागि पनि केवलकार निर्माण प्रक्रिया शुरु गरिएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ ।

काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि माग भएको छ । भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केवलकार बनाउन त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस