अभिनेत्री निरुता सिंहले गरिन विवाह

काठमाडौं । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहँदै आएकी नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन् ।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन् । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्:

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफन्त तथा छर छिमेकहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, विभिन्न माध्यमका सञ्चारकर्मीहरूलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाइदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने रु’ भन्ने प्रश्न ‘आज त्यसै प्रश्नको जवाफ दिन गई रहेको छु ‘।

तपाईँहरूको निरुता सिंहले गत बिहीबारका दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री