काठमाडौँ । काठमाडौंको पेप्सीकोलामा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ ।
पेप्सीकोलाबाट जडिबुटीतर्फ आउँदै गरेको बसले बोलेरो‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ९ घाइते छन् । मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ ।
बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको बोलेरो, बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए । बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ ।
प्रतिकृया दिनुहॊस