चीन । समुद्रमाथि बनाइएको विश्वकै लामो पुलको चिनियाँ राष्ट्रपति सि जिनपिङले औपचारिक उदघाटन गरेका छन् ।
आतिशबाजीसहितको विशेष कार्यक्रमका बिच राष्ट्रपति सि ले पुलको मंगलबार उदघाटन गरेका हुन् ।
हङकङ र मकाउलाई चीनिया शहर झुहाईलाई जोड्ने ५५ किलोमिटर लामो पुल निर्माण गर्न नौ बर्ष लगाएको थियो ।
समुद्रमाथि २२ दशमलव ९ किलोमिटर र ६ दशमलव ७ किलोमिटर समुद्र मुनी सुरुङमा रहेको पुल डबल थ्रि लेनको छ । पुलको बाँकी भाग जमिनमा बनेको छ ।
२० अर्ब डलरमा निर्माण भएको उक्त पुलले मेनल्याण्ड चीनलाई मकाउ र हङकङसँग जोड्ने यो पुल सन् २०१६ मा नै सम्पन्न गरिने लक्ष्य लिए पनि विभिन्न कारणले केही वर्ष ढिलाइएको थियो ।
४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको यो पुलमा सान फ्रान्सिस्कोको गोल्डन गेट पुलभन्दा ४/५ गुणा बढी स्टील प्रयोग गरिएको छ ।
यो पुलले ८ म्याग्निच्युडको भूकम्प, सुपर टाइफुन र कार्गो जहाजको टकरावलाई धान्न सक्ने बताइएको छ । एजेन्सी




