आजबाट चल्यो काठमाडौंमा विजुली बस

काठमाडौं । साझा यातायात प्रा. लि. ले मंगलबारदेखि राजधानीमा विद्युतीय बस सेवा शुरु गरेको छ ।

ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस सेवाको उद्घाटन गरेका हुन् ।

बिजुली बस नाम दिइएको उक्त बस सेवाको उद्घाटन पश्चात पुल्चोकबाट सिंहदरबारसम्म प्रधानमन्त्रीले उक्त विद्युतीय बस चढेर यात्रा समेत गरे ।

काठमाडौं उपत्यकाभित्र पाँच ओटा बिजुली बसबाट सेवा सञ्चालन गरिने साझा यातायातले जानकारी गराएको छ । बिजुली बसमा चालकसहित २० सिटको क्षमता छ भने यो अपाङ्ग मैत्रीसमेत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री