किन चीन गए उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेल अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौं बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ ।

रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो ।

उपप्रधानमन्त्री पोखरेल आगामी मङ्गलबार स्वदेश फर्कनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप