कृष्णनगरमा लगाइएको कर्फ्यू ५ बजेसम्म हटाइयो

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू बेलुका ५ बजे सम्मका लागि हटाइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मलाई हटाएको कर्फ्यू पुनः बेलुका ५ बजेसम्मका लागि हटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्गा मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।

अवस्था सहज बन्दै गएपछि कर्फ्यू बेलुकासम्मका लागि हटाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री