३ महिनामा सवारी दुर्घटनाबाट २५ को मृत्यु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा तीन महिनामा सवारी दुर्घटनाबाट २५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/७६ को तीन महिनामा २१ वटा सवारी दुर्घटनाबाट २५ जनाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका अनुसार, साउन महिनामा ४ वटा सवारी दुर्घटनामा परी ३ जना,
भदौ महिनामा १४ वटा सवारी दुर्घटनामा परी ७ जना र असोज महिनामा ११ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको हो ।

आ.व. ७२/७३ मा १ सय ५५ सवारी दुर्घटनाबाट १ सय २१ जना, आ.व. ७३/७४ मा १ सय ८४ सवारी दुर्घटनाबाट १ सय ३२ जना तथा आ.व. ७४/७५ मा १ सय ६४ सवारी दुर्घटनाबाट १ सय ६६ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ ।

सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेतता नअपनाउनु लगायतका कारणले दुर्घटना बढेको कार्यालयले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस