सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ । अघिल्लो कारोबारको तुलनामा आज चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो ।

आज बजारमा छापावाला सुन स्थिर रहँदै प्रतितोला ६० हजार रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री