एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

काठमाडौं । छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशन गर्न सिफारिस गरेको छ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले विष्टलाई निष्काशनको सिफारिस गरेको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता थापाले गृह मन्त्रालयले सिफारिस उपर आईतबार निर्णय गर्न सक्ने सम्भावना रहेको बताए ।
हत्या घटना छानबिनमा हुन सक्ने प्रमाण नष्ट गरेको, निर्दोषलाई फसाउन नक्कली प्रमाण बनाएको र यातना दिएको लगायतका आरोप एसपी विष्टमाथि लागेका छन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस