२५ कम्पनीको कारोबार रोक्का

काठमाडौं । नविकरण शुल्क नबुझाएका २५ कम्पनीको आज आइतबारदेखि शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सूचिकरण भएर असोज २९ गतेसम्म बार्षिक शुल्क नबुझाएका २५ कम्पनीको आइतबारदेखि शेयर कारोबार रोक्का भएको हो ।
कारोबार रोक्का हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, रिडि हाइड्रोपावर, बरुण हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, आरएसडीसी माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स, छिमेक लघुवित्त, जनउत्थान लघुवित्त, मिथिला लघुवित्त, बेष्ट फाइनान्स, कन्ञ्चन डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र समिट माइक्रोफाइनान्स रहेका छन् ।
यस्तै, माहुली समुदायिक लघुवित्त, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट, फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स, सिभिल लघुवित्त, मल्टिपर्पोज फाइनान्स, पूर्णिमा विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फण्ड, विजय लघुवित्त र रैराङ हाइड्रोपावर कम्पनी रहेका छन् ।
धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
नेप्सेमा सूचिकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २९ गतेसम्म १७३ कम्पनीले नविकरण शुल्क बुझाएको नेप्सेले जनाएको छ ।
कारोबार रोक्का भएका कम्पनीहरूले आइतबार नविकरण शुल्क बुझाएमा सोमबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस