अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जित्याे

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ ।
मोहमद अब्बासले दोस्रो इनिङ्समा पनि पाँच विकेट लिएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा ३ सय ७३ रनको फराकिलो जित दर्ता गर्दै सिरिज १–० ले जितेको हो ।
पाकिस्तानले प्रस्तुत गरेको ५ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १ सय ६४ रनमा अलआउट भयो ।
अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले सर्वाधिक ४३ रन जोडेका थिए । ट्राभिस हेडले ३६ तथा आरोन फिन्चले ३१ रन जोडे । अन्य शीर्ष ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया कमजोर योगफलमा सिमित रहयो ।
पाकिस्तानका लागि मोहमद अब्बासले लगातार दोस्रो इनिङमा ५ विकेट, यासिर साहले ३ तथा मिर हम्जाले १ विकेट लिए ।
त्यसअघि पाकिस्तानले पहिलो इनिङमा २ सय ८२ तथा दोस्रोमा ४००÷९ को स्थितिमा पारी समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ४५ रन मात्र जोड्न सकेको थियो ।
अस्ट्रेलियाका उस्मान खवाजाले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस