ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

धनुषा । धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् ।
माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादवको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाईते भएको प्रहरी  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री