यस वर्षको बूकर पुरस्कार जितिन उत्तरी आयरल्यान्डकी आन्ना बर्न्सले

काठमाडौं । उत्तरी आयरल्यान्डकी आन्ना बर्न्सले यस वर्षको आख्यान क्षेत्रको प्रतिष्ठित बूकर पुरस्कार जितेकी छन् ।
बेलायतका दुई, अमेरिकाका दुई र क्यानडाका एक लेखकलाई पछाडि पार्दै आन्नाले बूकर पुरस्कार जितेकी हुन् ।
उपन्यास मिल्कम्यानका लागि उनले यो पुरस्कार पाएकी हुन् । बूकर पाउने उनी उत्तरी आयरल्यान्डकी पहिलो लेखक हुन् ।
आन्नालाई ५२ हजार ५०० पाउन्ड राशिको पुरस्कार मंगलबार लन्डनमा आयोजित एक समारोहमा दिइएको हो ।
बूकरको ४९ वर्षे इतिहासमा पुरस्कार पाउने आन्ना १७औं तथा सन् २०१३ पछि पहिलो महिला हुन् । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री