बस र कार एकआपसमा ठोक्किँदा ७ घाइते

कैलाली । कैलालीमा बुधबार बिहान बस र कार एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
बर्दगोरीया गाउँपालिका वडा नं १ कट्टीपुरमा पुर्वबाट पश्चिम तर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र बिपरित दिशाबाट गईरहेको एच आर १२ ए ई–४७६ भारतिय नम्बर प्लेट भएको कार एक आपसमा ठोक्किँदा कारमा सवार ६ र बस चालक गरी ७ जना घाईते भएका हुन् ।
घाइते ६ जनाको अवस्था सामान्य रहेको र बर्दगोरीया अस्पताल बौनियामा उपचार भईरहेको र बस चालकलाई घोडाघोडी अस्पताल सुखड रेफर गरीएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जानकारी दिएको छ ।
प्रहरीले बस र कारलाई नियण्त्रणमा लिएको छ । तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप