राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवतीको दर्शन

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको आठौं दिन अर्थात महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
काभ्रेको पाँचखाल–९ मा रहेको पलाञ्चोक भगवतीमा करिब १५ मिनेट जेठी छोरी उषाकिरण भण्डारीकासाथ राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपति भएपछि उनले यस मन्दिरमा दोस्रो पटक पूजाअर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् ।
ण्पाँचखालस्थित नेपालीको सेनाको तालिम केन्द्रसम्म हेलिकप्टरमा आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख  उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, एसपी रविराज खड्का लगायतले स्वागत गरेका थिए ।
मन्दिर व्यबस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराए । राष्ट्रपति भण्डारीले पलाञ्चोक भगवतीका लागि नेपाल सरकारलाई भनेर सरकारले थप कदन चाल्ने आश्वासन दिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री