भार्गव विकास बैंकले दुई जिल्लामा सेवा विस्तार गर्दै

काठमाडौं । भार्गव विकास बैंकले दुई जिल्लामा कार्य क्षेत्र बढाएको आफ्नो कार्य क्षेत्र पाँच जिल्ला बनाउने भएको छ ।

बाँके, बर्दिया र दाङ गरी तीन जिल्ला कार्य क्षेत्र रहेको बैंकले कैलाली र कञ्चनपुर जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेर आफ्नो कार्य क्षेत्र पाँच जिल्ला बनाउने लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोके वमोजिमको चुक्ता पुँजी पुर्याई सकेको बैंकले थप २ जिल्ला जान सक्ने नेपाल राष्ट्र बैंकको प्रावधान बमोजिम दुई जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गर्न लागेको बैंकका अध्यक्ष डम्बर बहादर थापाले बताए ।

यो आर्थिक बर्ष भित्रमा कार्यक्षेत्रमा थप गरिएका जिल्लाहरुमा समेत गरेर चालू आर्थिक वर्ष भित्रमा नै आठ नयाँ शाखा विस्तार गर्ने योजना बनाएको छ । प्रधान कार्यालयसहित हाल १७ वटा शाखा कार्यालयबाट सेवा दिइरहेको बैंकको शाखा संख्या २५ पुर्याउन लागेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न किसिममा थप सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

३६५ दिने बैंकिङ्ग सेवा, सम्पूर्ण रेमिट्यान्स सेवा, चेक क्लियरिङ्ग र अन्तरबैंक रकम ट्रान्सफर सेवा, निःशूल्क अनलाईन एबिबिएस बैकिङ्ग सेवा, सन्ध्याकालिन काउण्टर सेवा, सि–आस्वा सेवा लगायत अन्य विभिन्न सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस