पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । पूर्वाधार निर्माण ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतकाअनुसार उनीमाथि बाँके प्रहरीमा ठगीको उजुरी परेकोले पक्राउ गरिएको हो । काठमाडौँमा पक्राउ परेका उनलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

रौनियारलाई बाँके नै पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौनियार पर्सा क्षेत्र नं। ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री