संसदमा बोल्नलाई महिलाले पुरुषको जति समय पाउन सकेनन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले पुरुषसरह संसदमा महिलाले समय नपाएको गुनासो गरेकी छन् । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले पार्टीका प्रमुख सचेतकहरूले महिला सांसदहरूको समय कम गरेर दिने गरेको भन्दै उनले यस कार्यमा पार्टीविरुद्ध आवाज उठाउन सक्नुपर्ने बताइन् । उनले संविधानले नै राज्यको हरेक तह र संरचनाहरूमा महिला सहभागिता सुनिश्चित गरेको भएपनि सो अनुसारको प्रभावकारी भूमिका नरहेको बताइन् ।

उनले कार्यकारी पदमा पुग्नलाई महिलाहरूलाई पनि धेरै बाधा रहेको बताउँदै कार्यकारी पदमा महिला सहभागिता सुनिश्चित गर्न अब कानुनी रूपमै व्यवस्था गर्नुपर्ने बताइन् । उपसभामुख रानाले शून्य समयमा बोल्न नपाए आकस्मिक समय लिएर बोल्न महिला सांसदहरूलाई आग्रह गरिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री