लंका प्रिमियर लिगमा अन्सोल्ड भए सन्दीप

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिगमा अन्सोल्ड भएका छन् । खेलाडी ड्राफ्टमा सन्दीपलाई कुनै टिमले लिएनन् । खेलाडी ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य ३० हजार डलर रहेको थियो ।

लंका प्रिमियर लिगको चौथो संस्करण आगामी जुलाई ३० देखि २२ अगस्तसम्म हुँदैछ । लंका प्रिमियर लिगमा कोलम्बो स्ट्राइकर्स, दाम्बुला औरा, गली टाइटन्स, जाफ्ना किंग्स र बि-लाभ क्यान्डी गरी पाँच टिम खेल्दैछन् ।

सन्दीप क्यानडामा हुने ग्लोबल टी-२० का लागि भने सर्रे जगुअर्समा छनौट भएका थिए । सन्दीपसँगै दीपेन्द्र पनि ग्लोबल टी-२० खेल्ने भएका छन् । उनलाई मोन्टरियल टाइगर्सले छनौट गरेको हो । सन्दीप यसअघि पनि दुई पटक ग्लोबल टी-२० खेलिसकेका छन् भने  दीपेन्द्र भने पहिलो पटक कुनै पनि विदेशी लिगमा छनौट भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after