रुटपरमिट खुला, यात्रुबाहक गाडीले जहाँसुकै जान पाउने

काठमाडाैं । दशैं यात्रालाई सजिलो बनाउन सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ । अब असोज ३१ गतेसम्म बसलगायत यात्रुबाहक गाडीले जुनसुकै रुटमा चल्न पाउने छन् ।

साथै यात्रु भरिने बित्तिकै जान पाउने छन् । पालो कुरेर बस्नु पर्ने छैन । दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

यसअघि सार्वजनिक सवारीसाधनले रुटपरमिट अर्थात् इजाजत पत्रअनुसार तोकिएको रुटमा मात्र चल्न पाउँथे । प्रवक्ता उपाध्यायले भने, ‘आजदेखि असोज ३१ गतेसम्म रुटपरमिट लागू हुने छैन, सार्वजनिक सवारीसाधनले जहाँसुकै जान पाउने छन् ।’ यस्तै विभागले यो अवधि (असोज २४ देखि ३१ गतेसम्म) भित्र मालबाहक ठूला सवारीसाधनलाई काठमाडौं भित्रिन नदिने निर्णय गरेको छ ।

दशैैंका बेला यस्ता सवारीसाधन सञ्चालन गर्दा यात्रुबाहक गाडीलाई समस्या पर्ने भएकाले यस्तो निर्णय गरिएको विभागले जनाएको छ । आजदेखि असोज ३१ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म मालबाहक ठूला गाडीलाई चल्न नदिने निर्णय भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस