घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री