नागरिक उन्मुक्ति पार्टीले गर्यो ५ दिन नेपाल बन्दको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै त्यसविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो ।

टीकापुर नरसंहारको घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय भएको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले मंगलबार फैसला गरेको थियो । उक्त फैसलाप्रति पार्टीले असन्तुष्टि जनाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिअनुसार मा जेठ ३ देखि ५ गतेसम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाएको छ । त्यस्तै ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री