नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही नछुटुन् : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नसबै माथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको बताउदै यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री