काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याइएको हो ।
उनलाई रूपन्देही प्रहरीले भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाएको हो । रूपन्देहीका प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार रायमाझीलाई बिहान ७ बजे अघि नै भैरहवा विमानस्थल पुर्याइएको भएपनि मौसमका कारण फ्लाइट डिले भएको थियो ।
काठमाडौं ल्याइएपछि आजै जिल्ला अदालतबाट म्याद थप गराई सन्दीपविरूद्ध थप अनुसन्धान सुरू गरिने जनाईएको छ । सन्दीपविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका हुन् ।
तपाईंको प्रतिकृया




