सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

यो सुनको मूल्य अहिलेसम्मको उच्च हो । महासङ्घका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार प्रतितोला एक हजार ४४५ पुगेको छ । यसअघि बुधबार चाँदी तोलाको एक हजार ४२५ मा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस