नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल तथा अभिनेत्री हुन् । उनी नेपली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन । स्वर्गीय निर्देशक आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी नायिका नम्रता श्रेष्ठ भन्ने वित्तिकै हामी, ती सुन्दरीलाई सम्झन्छौ जसले ‘मौन होस् या क्लासिक’, आफ्नो बेजोड प्रस्तुतीले धेरैको मन जितिन् ।
चलचित्र ‘सानो संसार’बाट चलचित्र क्षेत्रमा उदाउँदै गर्दा नम्रतालाई लिएर दर्शकमा उत्साह पनि थपियो । चलचित्र ‘मेरो एउटा साथी छ’ मा त उनले बेजोड नै अभिनय गरिन् । अभिनेत्री नम्रता श्रेष्ठ अहिले चर्चामा छिन् । उनको चर्चाको कारण प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पर्व’ बनेको छ । ‘पर्व‘ थ्रिलर कथावस्तुमा आधारित चलचित्र हो ।
उनले केही दर्शकका लागि फरक अभिनय दिन थ्रिलर कथावस्तुमा निर्माण भएको ‘पर्व’ अभिनय गरेको बताइन् । यतिबेला चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत निकै चर्चामा छ । युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको यो गीतलाई अधिकांश नेपालीले रुचाएका छन् । उक्त गीत आफुले छोडेको पनि नम्रताले बताइन् ।
नम्रता निर्देशक दिनेश राउतको चलचित्रमा बढि देखिने गरेकी छन् । कतिपयले नम्रता र दिनेशको सम्बन्धको बिषयमा पनि प्रश्न उठाउने गरेका छन् । यस विषयमा उनले दिनेशको चलचित्रमा काम गर्दा आफुलाई सजिलो हुने भएकोले उनकै चलचित्र बढि खेल्ने गरेकोे बताइन् । केही अभिनेतासँग रिलमा रोमान्स गरेकी नम्रताले आफ्नो जोडीमा आर्यन सिक्देल मात्र पर्फेक्ट देखिने बताइन् । आफूलाई सौगात मल्ल सबैभन्दा मनपर्ने अभिनेता भएको बताउने उनी जात्रा चलचित्र हेरेपछि बिपिनको पनि फ्यान भएको वताईन् ।





