स्किलको निःशुल्क प्राविधिक परामर्श सेवा

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एकदिवसीय निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । शनिबार दिउँसो १२ बजे स्किल सेवा प्रालिको प्रधान कार्यालय बबरमहल काठमाडौंमा प्राविधिक परामर्श सेवा दिने भएको हो ।

घर निर्माणमात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्नेबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान-सम्मान, प्रतिष्ठा र शौखको विषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाको भनाइ छ । जीवनभरको मिहिनेतको कमाइले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन् ।

घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेको वर्गले परामर्श सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । जग्गा छनोट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तरलगायत सामान्य तर संवेदनशील कुरामा दिनु अति आवश्यक हुन्छ । कम्पनीका अनुसार घर निर्माणसम्बन्धी अन्य विविध विषयमा पनि परामर्श सेवा दिइनेछ ।

स्किल सेवा प्रालि नेपालकै दक्ष जनशक्ति भएको, हाई टेक डिभाइसको प्रयोग गर्ने, निर्धारित समयमा गुणस्तरीय निर्माण सेवा प्रदान गर्ने घर निर्माण एवं मर्मतसम्भार गर्ने कम्पनी हो । काठमाडौंलगायत पोखरा, चितवन, बुटवलबाट समेत सेवा प्रदान गर्दै आएको कम्पनीले हालसम्म २२ हजारभन्दा बढी घरको इन्सपेक्सन एवं मर्मतसम्भार गरिसकेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस