स्किल वीक २०२३ को समारोहमा ४ जना दिग्गज स्किल हिरो अवार्डबाट सम्मानित

काठमाडाैं । स्किल वीक २०२३ चौथो संस्करण समापन समारोह आज आईतवार द सोल्टी होटेलमा आयोजित विशेष जमघटकाबिच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र सय बढी इच्छुक उत्साहीहरूको उपस्थितिमा भब्यताका साथ समापन गरियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माननीय रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रूपमा उपस्थिति भएका थिए ।

स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमूलक तालिमहरू लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, सिपप्रतिको महत्त्व, ब्यापार, सेवा, आधुनिक प्रबिधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम १३ मार्चदेखि १९ मार्चसम्म सन्चालन भएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रबिधी रहेका थिए ।

यसैबीच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरूलाई स्किल हीरो अवार्ड २०२३ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह स्किल हिरोको रूपमा सम्मानित भएका छन् ।

त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सीमा गोल्छालाई सम्मान गरिएको थियो । उनले युवा पुस्ताका लागि ख्भलतचष्यित्रगष्कm को कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेकी छिन् ।

कार्यक्रममा उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो । विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको हो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भब्य कार्यक्रम सञ्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो । सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल ‘सस्टेनेबल बिजनेस फर इकोनोमी’ एवम् दोस्रो प्यानलमा छलफल ‘ट्रान्सफर्मेस्नल लिडरसिप शीर्षकमा आयोजना गरिएको थियो । कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा भएको थियो । रणनीतिक साझेदारका रूपमा भारतीय राजदूतावास, अन्तर्राष्ट्रिय श्रम संगठन, युएनएचसिआर, र अनुरोद नेपालस ज्ञान साझेदारको रूपमा एसिई इन्स्टीच्युट एण्ड म्यानेजमेन्ट, इकोसिस्टम साझेदारको रूपमा निओफेयर, इन्टरनेट साझेदारको रूपमा वर्ल्ड लिंक साझेदारका रूपमा होन्डा, काठमाडौं वल्र्ड स्कूल, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राकुटेन भाइबरस एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स स आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; अन्य सहयोगीहरू डिश होम इसेवा, जब्स डायनामिक, सक्छ, इभेन्टस्मो र कोजी होम बि एण्ड बि रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस