स्प्यारो एसएमएसले मनायो १३औं वार्षिकोत्सव

काठमाडाैं । एसएलसीको रिजल्ट आएपछि आफ्नो नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका खरिद गर्नुपर्ने दिनहरू के तपाईँलाई याद छ?

तर अहिले यो अवस्था परिवर्तन भइसकेको छ। अब तपाइँले आफ्नो मोबाइलमा नै एसएमएस मार्फत घरमै बसेर आरामले आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ।

यो कामको सुरुवात गर्ने संस्था हो स्प्यारो एसएमएस। स्प्यारो एसएमएसले एसएमएस मार्फत रिजल्ट दिने लगायत हाल अन्य धेरै कामहरू गरिरहेको छ। यही कम्पनीले आज आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदैछ।

जानकी टेक्नोलोजी प्रालिद्वारा सन् २०१० मा स्थापना भएको स्प्यारो एसएमएसले ‘पावर अफ टेक्स्’ नारा सहित एसएमएस सेवा दिँदै आइरहेको छ।

कम्पनीले हाल एकै पटकमा धेरै संख्याका एसएमएस पठाउने काम साथै राकुटेन भाइबरसँग साझेदारी गरेर नेपाली व्यवसायहरूलाई भाइबर बिजनेस मेसेजिङ प्लेटफर्म पनि उपलब्ध गराउँदै आएको छ।

यसले गर्दा अन्य देशहरूमा व्यवसाय प्रवर्द्धन गर्न सहज हुने कम्पनीको भनाइ छ। कम्पनीले भ्वाइस ब्रोडकास्टिङ र मिसकल मार्केटिङ सेवा पनि प्रदान गर्दै आएको छ। यसको साथै कम्पनीले ‘मेक इन नेपाल स्वदेशी’ सँग पनि सहकार्य गर्दै आएको छ।

आफ्नो सेवाका लागि विश्वस्तरीय सभर्रको प्रयोग गर्नुका साथै डेटा सुरक्षा र गोपनीयतामा सधैं प्रतिबद्ध रहेको कम्पनीले बताएको छ।

१३औं वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले कम्पनीका ग्राहक तथा साझेदारहरू प्रति कृतज्ञता व्यक्त गर्दै यो विगत १३ वर्षमा अविश्वसनीय यात्रा भएको र आफ्ना ग्राहक र साझेदारहरूको सहयोग बिना यो गर्न नसक्ने बताए।

कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न अफरहरू पनि ल्याएको बताएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस