रमेश कर्पले सीएसआर कार्यक्रमका साथ संस्थापक दिवस मनायो

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूह मध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस सीआरएस कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरूको साथ १८ मार्चमा मनाउँदै आईरहेको संस्थापक दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीआरएस) कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाएका छन् ।

समाजको लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सीआरएस कार्यक्रममा, रमेश कर्प का सदस्यहरूले अनाथालयमा विभिन्न रमाइला गतिविधिहरूको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए ।

रमेश कर्पको यो कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्यमान्यता र समर्पणलाई झल्काउँछ । रमेश कर्पोरेशनका सदस्यहरूले अनाथ आश्रममा भेला भई बालबालिकाहरूबीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गरेका थिए ।

बालबालिकाको मुहारमा खुशी, मुस्कान ल्याउन र उनीहरूको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरूले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।

कार्यक्रमबारे रमेश कर्पोरेशनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘आज रमेश कर्पोरेशनको नेस्रो संस्थापक दिवस र यो दिन हाम्रो लागि विशेष छ किनकि हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यहरू मार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेका छौं । बालबालिकाको भलाइको लागि योगदान गर्ने अवसरको लागि हामी आभारी छौं । समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्ति तर्फको एउटा सानो कदमको रूपमा हेरेका छौं ।’

रमेश कर्पोरेशनका उपाध्यक्ष श्री रोहित गुप्ताले थपे, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामीले हाम्रा संस्थापक श्री रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौं । हामी समाजको लागि पुनः योगदानमा विश्वास गर्छौं, र त्यो लक्ष्य हासिल गर्न यो कार्यक्रम एउटा सानो कदम मात्र हो । हामीलाई यस बालमन्दिर अनाथालयका बच्चाहरूसँग समय बिताउन र उनीहरूको कल्याणमा योगदान गर्ने मौका दिनु भएकोमा हामी धेरै आभारी छौं ।

रमेश कर्पोरेशनले आयोजना गरेको सीआरएस कार्यक्रम उनीहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण हो । शिक्षा, स्वास्थ्य सेवा र वातावरण संरक्षण जस्ता विभिन्न पहलहरू मार्फत समाजको हितमा योगदान पुर्‍याउन कम्पनी सधैं अगाडि रहँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस