गगन थापाको टिप्पणी : कांग्रेसभित्रैबाट विपीमाथि अन्याय भइरहेको छ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गरेका छन् । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसको आज (मंगलबार) बाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

उनले आफ्नो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराए । महामन्त्री थापाले भने, ‘रोजगारी सिर्जना हुन्छ । तर नेपालीले पाउँदैनन् त्यसमा काम । आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतबस नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन ? आजको च्यालेन्ज यस्तो आएको छ ।’

उनले भने, ‘यस्तो बेलामा पनि हामीले पुरानो विपी कोइरालाले यसको बारेमा केही केही बोलिदिनु भएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त विपीमाथि अन्याय गर्नु हो नि त । के त्यो भन्नु भएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि । हाम्रो भागमा पढि दिनुपर्ने पनि उहाँले। हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने । यो अहिलेको चुनौति हो । यसको समाधान हामीहरुले नै खोज्नु पर्दछ ।’

महामन्त्री थापाले विपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताएका छन् । उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झलनाथ खनालले मेटमणि चौधरीलाई ‘दूषित तत्त्व’ भनेपछि…

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन् । चौधरीले कालापानी, लिपुलेकसहितको भूभागमा नेपालको दाबी पुग्दैन भन्दै सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाहीको माग गरेका हुन् ।

प्रतिकृया दिनुहॊस