राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र निजी सचिवमा अधिकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र सल्लाहकारमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले चालिसेलाई परराष्ट्र सल्लाहकार र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।

पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा नियुक्त भएको जानकारी गराए । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् । यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds