नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ । नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम १.५ प्रतिशतदिख ८ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ ।

बैंकले बचत खाताअन्तर्गत एनपिअर बचत खातामा ६ देखि ८ प्रतिशतसम्म, युएसडी सेभिङमा ५.७५ र एफसिवाइ अदर सेभिङमा १.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

नयाँ ब्याजदरअनुसार बैंकले फिक्स डिपोजिटमा न्युनतम ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत फिक्स डिपोजिटमा ११ प्रतिशत, रेमिट्यान्स डिपोजिटमा १२ प्रतिशत र संस्थागत डिपोजिटमा ९ प्रतिशसतम्म ब्याजदर कायम गरेको छ ।

त्यस्तै बैंकले रिकरिङ फिक्स डिपोजिटअन्तर्गत चाइल्ड एजुकेशन प्लानमा ८ प्रतिशत, पर्सनल गोल प्लानमा ७.७५, र रिटायरमेन्ट प्लानमा ७.५० प्रतिशत ब्याजदर प्रदान गरेको छ ।

कर्जाअन्तर्गत बैंकले न्युनतम १.५ देखि १५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

बैंकले बैंकले वर्किङ क्यापिटल, सर्ट टर्म लोन, कन्ट्राक्ट लोन, ट्रस्ट रिसिप्ट, एक्सपर्ट क्रेडिट, मिडिएम टर्म लोन, सेयर लोन, हाउजिङ लोन, अटो लोनलगायतका सेक्टरमा बेसरेट प्लस ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। फिक्स रेट एक वर्षसम्मको १४ प्रतिशत र ७ वर्षसम्मको लागि १५ प्रतिशत ब्याजदर कायम गरेको बैंकले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस