आरएसडिसी लघुबित्तद्वारा १० प्रतिशत लाभांस घोषणा

काठमाडाैं । पछिल्ला दुई आर्थिक बर्षमा बोनस शेयरलाई प्राथमिकता दिएको आरएसडिसी लघुबित्त वित्तीय संस्थाले यसपाली मिश्रित लाभांस घोषणा गरेको छ । संस्थाले गत बर्षको नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ, यसमध्ये ५ प्रतिशत नगद दिन लागेको हो ।

संस्थाको लाभांश दर क्रमिक रूपमा घट्दै गएको छ। लगातार चुक्ता पूँजी बढ्दै जाँदा त्यही अनुपात नाफा नबढेका कारण लाभांश दर घटेको हो । आर्थिक बर्ष २०७२/७३ मा संस्थाले १५.७९ प्रतिशत र ७३/७४ मा १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । अघिल्लो बर्ष १२ करोड चूक्ता पूँजी रहेको संस्थाको गत बर्षको चौथो त्रैमासको अन्तमा चुक्ता पूँजी बढेर ३५ करोड रुपैयाँ पुगेको थियो ।

हाल संस्थाको चुक्ता पूँजी बढेर ५७ करोड रुपैयाँ पुगेको छ । लगातार दुई आर्थिक बर्ष चुक्ता पूँजी बृद्धिका लागि संस्थाले हकप्रद शेयर निष्कासन गरेको थियो । अघिल्लो बर्ष १७ करोड रुपैयाँ नाफा गरेको संस्थाले गत वर्ष ३७ करोड रुपैयाँ गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् …

प्रतिकृया दिनुहॊस