‘मालिका’ ट्रेलर: बालबिवाह , बलात्कार विरूद्ध विद्रोहको कथा

काठमाडाैं । अभिनेत्री रेखा थापाको निर्माण,निर्देशन तथा अभिनय रहेको ‘मालिका’को ट्रेलर रिलिज भएको छ । एक कार्यक्रमकाबिच उनले सो फिल्मको ट्रेलर रिलिज गरेकी हुन् । ट्रेलरले फिल्म बालबिबाह तथा बलात्कारको सेरोफेरोमा रहेको देखाएको छ ।

ट्रेलर समारोहमा बोल्दै रेखाले आफूले पछिल्लो समय निर्माण गरेका हरेक फिल्मले महिला तथा बालिकाको विषयमा बोलेको र यस फिल्मले पनि नेपाली समाजमा वर्तमानमा पनि घटिरहेको घटनालाई देखाउन खोजेको बताइन् । रेखाले फिल्मले समाजमा हुने गरेका बलात्कार, बालविवाह र तिनीविरूद्ध गरिनुपर्ने विद्रोहको कुरा उठाएको उनकाे भनाइ छ ।

रेखा थापा र नर बहादुर कार्कीको कथा रहेको फिल्मको पटकथा शिवम अधिकारीेले लेखेका हुन् । सुरेश अधिकारी तथा एस डी योगी संगीत रहेको फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री