काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । गरिमा बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ८७ रुपैयाँ २७ पैसा दिएको छ भने आधारभूत मूल्य २ सय १८ रुपैयाँ १४ पैसा तोकेको छ ।
यता नेप्सेले महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ । बैंकको समायोजनपछिको मूल्य १ सय ९१ रुपैयाँ ६७ पैसा र आधारभूत मूल्य १ सय ४५ रुपैयाँ ८३ पैसा दिएको छ ।
तपाईंको प्रतिकृया




