पार्वती ऐडि
बझाङ्ग, १४ असोज । ग्रामीण भेगमा बसोबास गदै आएका स्थानीय महिलाहरु छाउपडि पथा एक किसिमको कुप्रथा हो भन्दै छाउगोठ भत्काउने अभियानमा जुटे तर छाउगोठ पनि भत्कियाे तर छाउगोठ भत्काएर छाउपडिलाई घर भित्रै बसाउने लक्ष्य पुरा पनि भयाे तर सोचमा परिवर्तन आएकाे छैन । यसरी बसेपछि अझै हाम्रो घरमा देवता लागेर नराम्रो हुन्छ भन्ने सोच यथावतै छ। परम्परागत महिनाबारी हुदाँ छाउगोठमा बस्नुको साटो घरको पिठारो र घर नजिकैको खुल्ला आकाश मुनी रहेको खेतको आलीमा रात काट्नु पर्ने बाध्यता रहेको छ ।
जयपृथ्बी नगरपालिका लुयाटा गाउँमा बढी बाहुन जाती बस्दै आएका छन् । तर जिल्लामा बिभिन्न संघसंस्थाहरु महिला बिरुद्ध हुने हिंसाहरु जरै देखि उन्मुलन गर्नको लागी गाउँमा गएर जनचेतना जगाई महिला हिंसा अन्त्य गर्नको लागी महिनाबारी भएको समयमा बस्ने घर छाउगोठ भत्काउने अभियान सुरु गरेपछि अधिकांश छाउँगोठहरु भत्काईयो । छाउगोठ भत्काएर मात्रै भएन, झन यी ग्रामीण बस्तीका सर्वसाधारण महिलाहरुले भने बढी पिडा खेपीरहेको जयपृथ्बी नगरपालिका ५ की जयमती देबि जोशीले बताईन् ।
उनले भनिन्, बिभिन्न संस्थाका कर्मचारीहरु आउँछन् । कागजमा बिभिन्न फरर्मेट भरेर जान्छन् तर केहि सामान्य छलफल गरी छाउपडि प्रथा त महिला हिंसा हो भनेर हामी बस्ने छाउगोठ भत्काई दिएपछि हामी महिलाहरुलाई अहिले पिडा घट्नुको साटो झन पिडा बढ्दै गएको छ । छाउगोठ नभत्काई दिएको भए केहि बस्नलायक भए पनि ठिकै हुन्थ्यो र अहिले त छाउगोठ नै भत्काई दिएपछि हामी त महिनावारी भएको समयमा घरको पिठारो –पिढी) मा सुत्नुपर्ने बाध्यता रहेको छ । अहिले त असोज कात्तिकको चिसोमा एक कम्मल र तल बोरा बिच्छायाएर रात काट्नु पर्छ । बिहान उठ्दाखेरी कठ्ग्रीएर उठ्न पनि समस्या हुन लागेको छ ।
हामी ग्रामीण भेगका महिलाहरुले कतिसम्म यी पिडाहरु सहेर बस्नु हामीले त दुःख पार्दा सम्म पाए अबका हाम्रो पिडीहरुलाई यस्तो पिडा कहिल्यै नहोस् यो कुप्रथा अन्त्य गर्न सबै सरोकारवाला निकायको ध्यान जाओस् । दुई बर्ष अगाडी खप्तछान्ना गाउपालिका को माझिगाउँ मा महिला तथा बालकालिका कार्यालयले छाउगाेठ भत्काउने कार्य थालनी गर्यो र सबैको सहकार्यमा भत्काईयो । छाउपडि पर्था न्युनिकरणको लागी बिभिन्न निकायबाट माझीगाउँको लागी मात्र लाखौ रकम खर्च भयो तर सो गाउँमा छाउपडि पर्था घट्नुको साटो अहिले महिला हिंसा बढ्रदै गएको छ ।
फोटो क्याप्सन, खप्तड छान्ना गाउपालिका को साबिकको माझिगाउँ मा छाउ गोठ भत्काउदै स्थाीय अगुवा महिला, तस्बीर पार्वती ऐडी
प्रतिकृया दिनुहॊस