अनाथालयमा यौनशोषण गरेको अभियोगमा सञ्चालक पक्राउ

काठमाडौँ । कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आएपछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्दमाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इजरायलले माग्यो ८ सय कामदार, को-को जान पाउँछन् ? (सूचनासहित)

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको …

प्रतिकृया दिनुहॊस