एक अर्काप्रति संकाबीच बालुवाटारमा प्रचण्ड-एमाले भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार भेटमा सरकारका कामको समीक्षासँगै रिक्त रहेको गृह मन्त्रालयको विषयमा कुराकानी भएको छ । अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद् र उपप्रधान तथा गृहमन्त्री पद गुमेपछि अब गृह मन्त्रालयमा कसलाई ल्याउने भन्ने विषयमा सत्ता साझेदार दलबीच छलफल जारी छ ।

ओली-प्रचण्डले लामिछानेलाई नै गृहमन्त्री बनाउँदा के हुने भन्नेबारे छलफल गरे पनि निष्कर्षमा भने पुगेका छैनन् । आपसी थप छलफल गरी निष्कर्षमा पुग्ने दुई नेताबीच समझदारी छ । यद्यपि एमाले अध्यक्ष ओली रविलाई नै गृहमन्त्री बनाउन राजी हुँदा माओवादी केन्द्रका अधिकांश नेताहरूले भने गृह आफैसँग राख्नुपर्ने धारणा राखेका छन् ।

आजै प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनबीच पनि भेटवार्ता भएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि सहकारीमा ९४ करोड २३ लाख अपचलन गर्ने अध्यक्ष र सञ्चालक पक्राउ, नम्बर र लोकेसन बदल्दै बस्थे

काठमाडौं । बचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार …

प्रतिकृया दिनुहॊस