कामिनी राजभण्डारी, प्रबन्ध निर्देशक, नेपाल टेलिकम

कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कार्यरत छिन् । यसअघि उनी टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन् । कामिनी राजभण्डारी जिएसएम नेटवर्कको विशेष दक्ष मानिन्छिन् । उनीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक वीई र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१(ःMBA -Management of Technology) मा अध्ययन गरेकी छिन् ।

यस्तै त्रिशुली थ्रिबि जलविद्युत्त आयोजनाको सञ्चालक सदस्य हुनुको साथै अपर तामाकोशी जलविद्युत्त आयोजनाको बैकल्पिक सञ्चालक सदस्य पनि हुन् । उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ । योजना, परियोजना सञ्चालन, मर्मत सम्भार, स्पेसिफिकेसन तयारी, अनुगमन तथा मूल्यांकन जस्ता क्षेत्रमा विशेष दख्खल राख्छिन् । नेपाल इञ्जिनियर्स एसोसिएसनले उनीलाई ‘आउटस्ट्यान्डिङ वुमन इञ्जिनियर अफ द इयर’ बाट सम्मानित गरेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

न्याय क्षेत्रमा न्यायिक मन र न्यायिक विवेक हुनु जरुरी : राधिका खतिवडा (कुराकानी)

कसैले सानोमा ठूलो भएपछि के बन्छेस् ? भनेर सोध्दा, वकिल बन्छु भन्ने जवाफ दिने राधिका खतिवडा अहिले अब्बल कानून व्यवसायीका रूपमा चर्चित छिन् । बुवाको छोरीलाई ठूलो मान्छे बनाउने सपना थियो । विद्यार्थी जीवनमा नेपाल टेलिभिजनमा प्रसारित टेलिश्रृंखला वकिलको सकारात्मक भूमिका हेरेपछि राधिकालाई यस पेशाप्रति लाग्न थप प्रेरित गरेको हो ।

प्रतिकृया दिनुहॊस